ad ad

समाज


बस्ती जोगाउन श्रमदानबाट तटबन्ध

बस्ती जोगाउन श्रमदानबाट तटबन्ध

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १३:२, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण गरिएको छ।  

खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन्। 

समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो। बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो तटबन्ध निर्माण गरेका हुन्।

नौखरीमा मुक्तकमैंया परिवारको बसोबास छ। तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ। 

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुङगा ढुवानीमा रु पाँच लाख खर्च भएको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .