बर्दियामा चट्याङ लागेर एकजना किसानको मृत्यु भएको छ।
गेरुवा गाउँपालिका–३ गणेशपुरका रोहित थारुको आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार चट्याङ लागेर गम्भीर घाइते भएका थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
96
Shares
प्रतिक्रिया