ad ad

समाज


बझाङ हिमपहिरोमा एक यार्सा संकलकको मृत्यु, २ जना बेपत्ता

बझाङ हिमपहिरोमा एक यार्सा संकलकको मृत्यु, २  जना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८० आइतबार १८:२७, काठमाडौँ

बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। 

आइतबार सुर्मा गाउँपालिका–२ को धानशेरामा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्। 

उनका अनुसार हिमपहिरोमा २ जना बेपत्ता भएका छन्। २ जना घइते छन्। उनीहरूको पहिचान भने खुलेको छैन। उनीहरू यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको थिए।

अहिले घटनास्थलतर्फ उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली गएको छ। घटनास्थल टाढा रहेकोले आजै सुरक्षाकर्मी पुग्ने सम्भावना कम छ।

स्थानीयहरू अहिले उद्धारमा खटिएका छन्।

‘सुरक्षाकर्मी उद्धारका लागि घटनास्थलतर्फ गइसकेका छन्, टाढा भएकाले आजै सुरक्षाकर्मी पुग्दैनन्,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘अहिले स्थानीयले उद्धारको प्रयास गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .