ad ad

समाज


एन्फा उपाध्यक्ष दावालाई बिहीबार अदालत लगिने

एन्फा उपाध्यक्ष दावालाई बिहीबार अदालत लगिने

फाइल तस्बिर : एन्फा उपाध्यक्ष दावा लामा


नेपालखबर
बैशाख ५, २०८१ बुधबार १२:५९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई बिहीबार उच्च अदालत पाटनमा उपस्थित गराइने भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार बिहान दावालाई पेप्सीकोलाबाट पक्राउ गरे पनि आज सार्वजनिक बिदा भएकाले उनलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने भएको हो। 

प्रहरीले उनलाई पेप्सीकोलास्थित घरबाट गाडीमा निस्किँदै गर्दा पक्राउ गरेको थियो। 

दावालाई लागुऔषधसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद सुनाएको छ। त्यसमध्ये उनले १० महिना कैद भुक्तान गरिसकेका छन्।

२०६१ साउन ८ गते दावा काठमाडौंको वनस्थलीबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। २०६१ भदौ २५ गते जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

त्यसपछि उनी १० महिना जेलमा बसेपछि मुद्दामा जिल्ला अदालतले फैसला गरेको थियो।

तर २०६२ जेठ १० गते जिल्ला अदालतले दावालाई कारोबारी नभई प्रयोगकर्ता मात्रै भएको ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएसँगै उनी रिहा भएका थिए।

तर उनलाई जिल्ला अदालतले ६ महिनामात्रै कैदको फैसला गरेपछि त्यसविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो। 

उच्च अदालतले जिल्लाको फैसला नमिलेको भन्दै बदर गरेर दावालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। 

२०६४ सालमा भएको उक्त फैसलाविरुद्ध दावाले सर्वोच्च अदालतमा पुनरावेदन गरेको नदेखिएको प्रहरीले जनाएको छ।

फैसलाको पूर्णपाठ आइसकेर अदालतले दिएको म्यादमा पुनरावेदन नगरेमा सोही फैसलालाई अन्तिम फैसला मानिने छ। 

उनले पनि उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरेका कारण अझै ४ वर्ष २ महिना कैद भुक्तान गर्नुपर्ने देखिएको छ।

यसबारे उच्च अदालतले बिहीबार नै निर्णय गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .