पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।
सोमबार र्यापिड डायग्नष्टिक टेष्ट (आडीटी) बिधिबाट परीक्षणका क्रममा एकै परिवारका तीन जनाको कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
बेलायतबाट चैत ५ गते नेपाल फर्केका उनीहरु सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका छन् ।
अपार्टमेन्टमा बस्ने २ जनामा संक्रमण पुष्टि भएपछि प्रहरीले सो अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले बताएकाे छ।
याे पनि:
सनसिटी अपार्टमेन्ट बस्ने आमा छोरामा कोरोना संक्रमण पुष्टि
प्रतिक्रिया