सरकारले आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाडौँ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार काठमाडौंमा निषेधाज्ञा भए पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको छ।
हवाई यात्रा गर्ने यात्रुले स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्छ। अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि भने तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
प्रतिक्रिया