समाज


ट्रक र स्कार्पिओ ठोकिँदा ८ जना घाइते

ट्रक र स्कार्पिओ ठोकिँदा ८ जना घाइते

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १०:१८, सर्लाही

सर्लाहीमा ट्रक र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना यात्रु घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–४ मा प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीएल ४ सीएनबी ६२०० नम्बरको भारतीय स्कारपियो आपसमा ठोक्किएका हुन्।  

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार दुर्घटनामा घाइते हुने सबै स्कार्पिओका यात्रु हुन्।  

दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उनकी श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई घाइते भएका छन्। 

घाइते हुने चालकबाहेकका सात जना एकै परिवारका सदस्य भएका प्रहरीले जनाएको छ। 

घाइतेको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad