गण्डकी


राति पौडी खेल्न फेवातालमा हाम फाल्दा डुबे युवक, सशस्त्र प्रहरीले अस्पताल पुर्‍याए पनि बाँचेनन्

राति पौडी खेल्न फेवातालमा हाम फाल्दा डुबे युवक, सशस्त्र प्रहरीले अस्पताल पुर्‍याए पनि बाँचेनन्

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १०:४६, पोखराय

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुब्दा युवकको मृत्यु भएको छ।

गएराति फेवातालमा पौडी खेल्न भनी हामफालेका पोखरा-११ काहुँडाँडा निवासी २८ वर्षीय रियाज गुरुङको मृत्यु भएको हो।

लेकसाइडको ओजन गल्लीको नामले चर्चित गल्लीमा उनी साथीहरूसँग पुगेका थिए।

राति एकाएक कपडा फुकालेर पौडी खेल्न तालमा हेलिँदा उनी डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

सशस्त्र प्रहरी बल (मालेपाटन) ले दिएको जानकारीअनुसार युवक हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमान्डमा १३ सदस्यीय टोली पठाइएको थियो।

टोलीले ती युवकलाई बिहीबार बिहान ३:३५ बजे उद्धार गरी गण्डकी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad