समाज


माध्यमिकी परिक्रमा क्षेत्रमा माछामासु र मदिरा बिक्रीमा रोक

माध्यमिकी परिक्रमा क्षेत्रमा माछामासु र मदिरा बिक्रीमा रोक

नेपालखबर
माघ २६, २०८२ सोमबार १३:५३, काठमाडौँ

मिथिलाको ऐतिहासिक धार्मिक पैदल यात्रा माध्यमिकी परिक्रमालाई लक्षित गर्दै महोत्तरीका विभिन्न स्थानमा माछामासु तथा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय, महोत्तरीले सूचना जारी गरी माध्यमिकी परिक्रमा रुट र पडावस्थल वरिपरि एक किलोमिटरभित्र फागुन ७ देखि १२ गतेसम्म माछामासु तथा मदिरा बिक्री र सेवनमा रोक लगाएको हो। कुनै पनि होटल, पसल वा खुला क्षेत्रमा माछामासु, मदिरा बिक्री र सेवन गर्न पाइनेछैन। 

नियम उल्लंघन भएमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने जनाएको छ। जिल्लामा परिक्रमाका लागि तोकिएको स्थानमा मटिहानी, जलेश्वर, महोत्तरी गाउँपालिका, बलवा, लोहारपट्टी र भंगहाका प्रमुख पडाव स्थल रहेका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा सबै व्यवसायी, सर्वसाधारण र सरोकारवालालाई धार्मिक सहिष्णुता र मिथिलाको परम्परालाई सम्मान गर्दै नियम पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad