कोशी


एमाले महाधिवेशन : मोरङ इन्चार्ज घिमिरिले पनि सचिवमा उम्मेदवारी दिने

एमाले महाधिवेशन : मोरङ इन्चार्ज घिमिरिले पनि सचिवमा उम्मेदवारी दिने

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १०:३४, काठमाडौँ

नेकपा एमालेका मोरङ इन्चार्ज जीवन घिमिरेले एघारौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

आफ्नो दीर्घ राजनीतिक अनुभव, संगठनात्मक जिम्मेवारी तथा समकालीन नेतृत्वसँगको सहयात्रालाई आधार बनाएर पार्टीको आगामी सचिव पदका लागि दाबी प्रस्तुत गरेका छन्।

घिमिरेका अनुसार विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव उनको प्रमुख आधार हो।

उनी भन्छन्, ‘म राजनीतिक रूपमा विद्यार्थी आन्दोलनदेखि नै सक्रिय मान्छे हुँ। त्यतिबेला २१ सदस्यीय केन्द्रीय समिति हुन्थ्यो र त्यही कमिटीमा शंकर पोखरेल, घनश्याम भुसाल, भीम आचार्यजस्ता नेताहरूसँगै मैले सहयात्रा सुरु गरेको हुँ।’

उनले एमालेमा तत्कालीन अञ्चल सचिव, कोसी अञ्चल इन्चार्ज, प्रदेश सहइन्चार्जलगायतका जिम्मेवारी वहन गरिसकेको दाबी गरे।

देवराज घिमिरे तथा तुलसी न्यौपाने प्रदेश अध्यक्ष रहँदादेखि नै आफू निरन्तर सहइन्चार्जको भूमिकामा रहेको उनको भनाइ छ। 

हाल मोरङ इन्चार्जका रूपमा जिम्मेवारी सम्हालिरहेका घिमिरेले आफ्ना समकालीन नेताहरू आज स्थायी समिति तथा पदाधिकारी भइसकेको उल्लेख गर्दै आफू पनि सो तहमा पुग्न योग्य रहेको जिकिर गरे। 

‘समकालीन नेताहरू आज पदाधिकारी भइसकेका छन्। मेरो अनुभव, भूमिका र निरन्तर योगदानका आधारमा सचिवका लागि समेत मेरो दाबी स्वाभाविकै हो’, उनले भने।

घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओली समूहका हुन्। 

नेकपा एमालेका हालका कोसी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य हिक्मत कार्की, नेकपा एमाले सल्लाहकार परिषद् सदस्य विनोद ढकालले पनि सचिव पदका लागि उम्मेदवारी दिने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad