सर्लाहीमा बागमती नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामनगर गाउँपालिका- १ खैर्वा बस्ने मनोज यादवका छोरा १४ वर्षीय आशिक यादव रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
ती किशोरी यही कात्तिक १९ गते बिहान नुहाउन भन्दै बागमती नदीमा गएका थिए। उनी घर नफर्किपछि प्रहरी र आफन्तले खोजी सुरु गरेका थिए।
आज बिहान रौतहटको दुर्गा भगवती गाउँपालिकाऔ २ स्थित बागमती नदी किनारमा उनको शव भेटिएको हो। किशोरको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
72
Shares

प्रतिक्रिया