समाज


जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु

धराप थाप्ने २ जना पक्राउ
जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु

नेपालखबर
भदौ १, २०८२ आइतबार ९:०, सप्तरी

सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। 

गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति साढे ८ बजेतिर खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा परेका हुन्। 

‘जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र चौधरी र दुर्गानन्द्र  चौधरीले थापेको करेन्ट प्रवाह भइरहेको बारमा उहाँहरू पर्नुभएको हो,’ डीएसपी बस्नेतले नेपालखबरसँग भने, ‘उहाँहरूको घटनास्थलमै मृत्यु भएको छ। शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल राजविराजमा राखिएको छ।’

घटना लगत्तै महेन्द्र र दुर्गानन्दलाई पक्राउ गरिएको उनले बताए। ‘उनीहरू हाम्रो हिरासतमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad