समाज


हलेसी-जयराम सडक ११ घण्टापछि खुल्यो

हलेसी-जयराम सडक ११ घण्टापछि खुल्यो

नेपालखबर
साउन २७, २०८२ मंगलबार ७:५७, खोटाङ

अविरल वर्षाका कारण पहिराे खसेर अवरुद्ध  मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ। 

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा साेमबार बिहान करिब ८ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडकमा बेलुका ७ बजेदेखि पुनः गाडी चल्न थालेका हुन्।

अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएरबीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए। 

करिब एकसय मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा हटाइएकाे नगरप्रमुख विमला राईले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad