समाज


फलामले लागेर क्रेन अपरेटरको मृत्यु

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

नेपालखबर
साउन २२, २०८२ बिहिबार ११:२, बारा

बारामा फलामले लागेर क्रेन अपरेटरको मृत्यु भएको छ। 

जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गएराति फलामले लागेर क्रेन अपरेटर (चालक)को मृत्यु भएको प्रहरीले जनाएको छ। 

क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारतको उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो। 

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad