समाज


जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

नेपालखबर
असार २४, २०८२ मंगलबार १२:२७, जनकपुरधाम

धनुषाको जनकपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ। नुहाउने क्रममा आज बिहान उनीहरुको डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए। 

मंगलबार बिहान पोखरीमा नुहाउन गएका बेला उनीहर डुबेका हुन्।  

पोखरीबाट निकालेर दुवैलाई उपचारको लागि अस्पताल लगेका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad