तिब्बतको सीमावर्ती क्षेत्रमा लगातारको भारी वर्षापछिको बाढीले त्रिशुली नदीमा भयावह अवस्था सिर्जना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेका छन्।
सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य युद्धस्तरमा अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री आफैंले सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिँदै उद्धारको प्रगति अनुगमन गरिरहेको बताएका छन्।
‘विपद् संभावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीब्र समन्वय गरिएको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ।’
84
Shares

प्रतिक्रिया