समाज


बेहुली बिदा गर्न नमानेको विषयमा दुई पक्षको झडप, बेहुलाका बुबाको हत्या आरोपमा एक जना पक्राउ

बेहुली बिदा गर्न नमानेको विषयमा दुई पक्षको झडप, बेहुलाका बुबाको हत्या आरोपमा एक जना पक्राउ

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:१८, काठमाडौँ

पर्सामा विवाहको कार्य सकिएपछि बेहुली बिदा गर्न नमानेको विषयमा भएको झडपमा बेहुलाका बुबाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साकै पोखरिया नगरपालिका ५ का ३६ वर्षका सिकेन्द्रप्रसाद चौहान रहेका छन्। 

पोखरिया नगरपालिका ६ श्रीसिया बस्ने शंकर प्रसाद महतो चाइका छोरा ३३ वर्षका धर्मेन्द्र प्रसाद चौहान र पोखरिया नगरपालिका ५ सतवरियाका सुभाष प्रसाद चौहानको छोरी निशा कुमारी चौहानको विवाहमा दुई समूहको झडप भएको थियो। 

२०७६ वैशाख ४ गते भएको विवाहमा सबै कार्य सकिएपछि बेहुली बिदा गर्न नमानेको भन्दै दुई पक्षबिच विवाद भएको थियो। 

सोही विषयको विवादमा २०७९ वैशाख ९ गते दिउँसो २ बजे पोखरिया नगरपालिका ४ वाल उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्राङ्गणमा झगडा भएको थियो। 

झडपमा बेहुलाका बुबा शंकर प्रसाद महतो चाईको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारको क्रममा २०७९ असार ११ गते सहिद गंगालाल अस्पताल काठमाडौँमा उनको मृत्यु भएको थियो। 

बेहुला पक्षबाट दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तीन वर्षपछि सिकेन्द्रलाई पक्राउ गरेको हो। 

पोखरिया नगरपालिका ५ सतवरियाबाट उनी पक्राउ परेका हुन्। उनलाई पहिलो पटक ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले बताए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad