समाज


गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १३:५६, सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो। उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पताल लालबन्दीमा सम्पर्क गरे। 

अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो। अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिइन्। अर्को दिन उनलाई  एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ निवास पुर्‍याइयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो।

नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ। नगरपालिकाले रु २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर  सेवा सुरु गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad