समाज


वीरगन्ज महानगर क्षेत्रको कर्फ्यु हट्यो

वीरगन्ज महानगर क्षेत्रको कर्फ्यु हट्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार ६:१५, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय पर्साले गए रातिदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए।  

वीरगन्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले कर्फ्यु आदेश हटाउने निर्णय भएको बताए।

प्रजिअ अर्यालले भने, ‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगन्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ।’ 

प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि बताए। 

वीरगन्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad