राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित र्यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन्।
पोखराबाट फर्किएका पूर्वराजा शाहको स्वागतमा आइतबार काठमाडौँमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको माातृभूमि बचाऊ अभियानलगायतको सहभागितामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका थिए। त्यस क्रममा जुलुसमा पूर्वराजा ज्ञानेन्द्र शाहका साथै उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता योगी अंकित ब्यानर पनि देखिएको थियो।

सांसदसमेत रहेका शाहीले सोमबार बिहान फेसबुकमा लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ। नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि। विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ! माक्स ,लेलिन, माओ कुन देशका हुन्?’
शाहीले यो पोस्ट फेसबुकमा विष्णु रिमाललाई ट्याग पनि गरेका छन्।

Shares

प्रतिक्रिया