महोत्तरीको पिपरामा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।
पिपरा गाउँपालिका-६ रतौल बस्ने राजु साह सोनारका छोरा तीन वर्षीय आशिक साहको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो।
पोखरीमा डुबेर सोमबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
पानीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
120
Shares

प्रतिक्रिया