समाज


तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, चिसोले जनजीवन प्रभावित

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान
तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, चिसोले जनजीवन प्रभावित

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८१ बिहिबार ६:४३, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (बिहीबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

विगत तीन दिनदेखि तराई मधेस क्षेत्रका अधिकांश भूभागमा हुस्सु, कुहिरो र शितलहर चलिरहेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ। 

महाशाखाका अनुसार देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। 

हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad