समाज


मध्यराति सडकमा पैदल हिँडिरहेका वृद्धलाई ठक्कर दिएर भागेको बसका चालक पक्राउ

घाइते वृद्धको उपचारको क्रममा मृत्यु
मध्यराति सडकमा पैदल हिँडिरहेका वृद्धलाई ठक्कर दिएर भागेको बसका चालक पक्राउ

पक्राउ परेका चालक


नेपालखबर
पुस ३, २०८१ बुधबार १३:५५, महाेत्तरी

महोत्तरीमा पैदल यात्रुलाई ठक्कर दिएर भागेको बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार राति करिब पौने १ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका- १ स्थित रातु पुलमा पैदल हिँडिरहेका वृद्धलाई ठक्कर दिएर भागेको बसका चालकलाई डेढ घण्टापछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

घाइते वृद्धको उपचारको क्रममा बर्दिबासस्थित सरकारी अस्पतालमा मंगलबार राति नै मृत्यु भएको जिप्रका महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए। मृतक वृद्धको अझै सनाखत हुन सकेको छैन। 

वृद्धलाई ठक्कर दिएर भागेको बा.प्र ०३ ००१ ख २७२९ नम्बरको बसका चालक धादिङको थाक्रे गाउँपालिका- ८ पिपले घर भएका ४५ वर्षीय राजेन्द्रप्रसाद प्याकुरेललाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी जैसवालले बताए। 

काठमाडौँबाट इलामतर्फ जाँदै गरेको उक्त बसले वृद्धलाई ठक्कर दिएपछि आफ्नै गन्तव्यतर्फ लागेको थियो। चालकलाई पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad