ad ad

समाज


डेढ क्विन्टल गाँजासहित पिकअप गाडीका चालक र सहचालक पक्राउ

डेढ क्विन्टल गाँजासहित पिकअप गाडीका चालक र सहचालक पक्राउ

नेपालखबर
असोज १, २०८१ मंगलबार १२:५५, महाेत्तरी

प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट एक सय ५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राऊ गरेको छ।

पक्राउ पर्नेमा धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारी छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार खत्री र अधिकारी बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन्। 

गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 
    
पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवाले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .