ad ad

समाज


वीरगन्जमा करेन्ट लागेर प्राधिकरणका कर्मचारीकै मृत्यु

वीरगन्जमा करेन्ट लागेर प्राधिकरणका कर्मचारीकै मृत्यु

नेपालखबर
साउन २, २०८१ बुधबार ८:४९, वीरगन्ज

पर्साको वीरगन्जमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीकै मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका–१२, मुर्लीमा विजुलीको पोलमा चढेर मर्मत कार्य गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका एक कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका हनुसार सोमबार साँझ करेन्ट लागेर वीरगन्ज महानगरपालिका–२५ घर भएका रामबाबु चौधरी मलाहाको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .