पर्साको वीरगन्जमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीकै मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका–१२, मुर्लीमा विजुलीको पोलमा चढेर मर्मत कार्य गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका एक कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका हनुसार सोमबार साँझ करेन्ट लागेर वीरगन्ज महानगरपालिका–२५ घर भएका रामबाबु चौधरी मलाहाको मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया