ad ad

कला


योगेश स्माली बने ‘वेबसाइट कम्पिटिसन’का विजेता

योगेश स्माली बने ‘वेबसाइट कम्पिटिसन’का विजेता

नेपालखबर
असार १०, २०८१ सोमबार १२:११, काठमाडौँ

लाइफ कम्प्युटरले आयोजना गरेको छैटौँ सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेताको घोषणा गरिएको छ। 

आइतबाट नाचघर जमलमा आयोजित एक कार्यक्रमकाबीच विजेताको घोषणा गरिएको हो।

यस वर्षको ‘वेबसाइट कम्पिटिसन’को विजेता हिमालय एकेडेमीका योगेश स्माली बनेका छन्। त्यस्तै दोस्रो पद्मोदय माध्यमिक विद्यालयका सविना थापा र लिटल एञ्जल स्कुलका सुरेश महर्जन तेस्रो बनेका छन्।  लाइफ कम्प्युटरले वि.सं २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गर्दै आएको छ।

विजेता घोषणा कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यले आईटी क्षेत्रमा विद्यार्थीको सक्रियताले भविश्य उज्जवल बन्ने देखेको बताए। 

‘विद्यार्थीले ‘कम्फर्ट जोन’बाट बाहिर आएर सुख र सुविधाको जिन्दगी त्याग्न सके प्रगति गर्न सक्छन्,’ उनले भने, ‘समस्याको समाधानले अवसरको सृजना गर्ने गर्छ। जसले समस्याको समाधान गर्छ, उही व्यक्ति महान् बन्न सक्छ।’

लाइफ कम्प्युटरका अध्यक्ष रमेश पोखरेलले संस्थाले आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौँ विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको बताए। ‘वेबसाइट कम्पिटिसन’को अवधारणा आफू अवसरबाट वञ्चित हुनुपर्दाको पीडाबाट जन्मिएको उनको भनाइ थियो।

स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको गचर्चा गर्दै उनले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनु पर्नेमा जाड दिए। 

यसवर्ष देशभरका ११०२ जना प्रतियोगीले प्रतिस्पर्धामा भाग लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .