ad ad

समाज


एकमहिना नबित्दै सवारी दुर्घटनामा परेर जनकपुरमा अर्का पत्रकारको पनि मृत्यु

एकमहिना नबित्दै सवारी दुर्घटनामा परेर जनकपुरमा अर्का पत्रकारको पनि मृत्यु

नेपालखबर
जेठ ५, २०८१ शनिबार ७:४५, जनकपुरधाम

धनुषाको जनकपुरमा आज बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ। 

शनिबार बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा कारले मोटरसाइकलाई ठक्कर दिँदा जनकपुरमा बसेर पत्रकारिता गर्दै आएका धनुषा सहीदनगर- ८ का ३२ वर्षीय यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर उपेन्द्र खरेललका अनुसार पत्रकार यादव आफ्ना साथी जयनारायण यादवले चलाएको प्रदेश-२ -०२- ००२ प ५६९४ नम्बरको मोटरसाइकको पछाडि सवार थिए। 

‘आज बिहान ३ बजे थापा चोकमा तीव्र गतिमा रहेको बा २१ च ३३४३ को कारले ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा साढे ३ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। शव पोष्टमार्टमको लागि अहिले अस्पतालमै छ,’ इन्सपेक्टर खरेलले भने। 

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका जयनारायण यादव पनि गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनापछि कार चालक धनुषा सहीद नगरकै मनोज साहलाई प्रहरीले पक्राउ गरेको छ। 

पत्रकार यादवले जनकपुरबाट राजधानी जनकपुर अनलाइन मिडिया सञ्चालन गर्दै आएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर खरेलले बताए। 

यसअघि गएको वैशाख ११ गते धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटना हुँदा जनकपुरकै २८ वर्षीय पत्रकार विनयकुमार यादवको पनि मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .