ad ad

बागमती


आज काठमाडौँमा वर्षाको सम्भावना कति?

न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस नाघ्यो, अधिकतम ३४ पुग्ने अनुमान
आज काठमाडौँमा वर्षाको सम्भावना कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ५, २०८१ शनिबार ८:१७, काठमाडौँ

आज (शनिबार) काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज अपराह्नपछि क्षणिक वर्षाको सम्भावना छ। 

‘तर सम्भावना त्यस्तो धेरै त छैन’, उनले भने, ‘सम्भावनै नभएको पनि होइन।’

मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत रहेको उल्लेख गरेको छ। 

मौसमविद् अधिकारीका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने अनुमान छ। ‘आंशिक बदली भनेको हल्का बादल लाग्ने अवस्था हो’, उनले भने। 

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.२ डिग्री सेल्सियस देखिएको छ भने अधिकतम ३२ देखि ३४ डिग्री सेल्सियससम्म चढ्ने अनुमान मौसम महाशाखाले गरेको छ।  

देशभरको मौसमबारेआज कता-कता छ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .