महोत्तरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।
बर्दिवास नगरपालिका-३ कालापानीस्थित रातु खोलाको ड्याममा आइतबार बिहान १० बजे एक पुरुषको शव फेला परेको स्थानीयवासीसमेत रहेको युवा समाजसेवी गणेश बस्नेतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले खोला किनारमा शव भेटिएको पुष्टि गरे।
‘अहिलेसम्म शवको सनाखत हुन सकेको छैन। हाम्रो टोली अहिले घटनास्थलमै छ,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धानपछि विस्तृत विवरण हामी पछि सार्वजनिक गर्ने छौँ।’
जुँगा पालेका उमेरदार पुरुषको शव खोला किनारमा उत्तानो परेको अवस्थामा भेटिएको हो।
12
Shares
प्रतिक्रिया