ad ad

समाज


‘कांग्रेस नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर’ भएको समाचार लेख्दा खुट्टा भाँचिदिने धम्की, महासंघले जनायो आपत्ति

‘कांग्रेस नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर’ भएको समाचार लेख्दा खुट्टा भाँचिदिने धम्की, महासंघले जनायो आपत्ति

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:५६, सर्लाही

सर्लाहीका पत्रकार शिवकुमार महतोलाई कांग्रेसका एक नेताले गालीगलौज र अंगभंग गर्ने भनेर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। 

महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गरेर सर्लाहीको गोडैता बजारमा सञ्चालित धड्कन एफएममा कार्यरत सञ्चारकर्मी महतोलाई फोन गरेर गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्।

यही फागुन १६ गते बुधबार दिउँसो सञ्चारकर्मी महतोलाई ९८१५८७५४९१ नम्बरको मोबाइलबाट फोन गरेर कांग्रेसका एक नेताले गालीगलौजसहित खुट्टा भाचिदिन्छु भनेर धम्क्याएको गुनासो महतोले गरेका छन्। 

‘पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी काम हो,’ महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ।’

‘कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको’ विषयमा समाचार लेख्दा आफूलाई फोनमा दुबै खुट्टा भाँचिदिने भन्दै धम्की आएको महतोले बताए। तर, उनले फोन गर्ने कांग्रेसका ती नेताको नाम भने खुलाएका छैनन्।

पत्रकार महासंघ सर्लाही र प्रेस सेन्टर सर्लाहीले पनि विज्ञप्ति जारी गरेर धम्कीको भत्सर्ना गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .