आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
सर्लाहीको हरिवन निवासी ३७ वर्षीय एक पुरुष आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
गएको कात्तिक ७ गते राति सँगै सुतेकी छोरीलाई जबर्जस्ती करणी गरेर फरार भएका ती पुरुषलाई प्रहरीले माघ २८ गते पक्राउ गरेको हो।
उनलाई सोमबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
309
Shares
प्रतिक्रिया