ad ad

समाज


प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएको भन्दै धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयमा तोडफोड

प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएको भन्दै धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयमा तोडफोड

नेपालखबर
पुस ६, २०८० शुक्रबार ११:३१, काठमाडौँ

प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएकाे भन्दै धनुषाको हंसपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्।

शुक्रबार बिहान सयौँको संख्यामा रहेका स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार र हवाइ फाइर गरेको छ। प्रहरीको गोली लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। 

प्रहरी हिरासतमा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएकाे भन्दै आज बिहान स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गरेका हुन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको बताए।

प्रहरीले प्रहार गरेको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन्। उनी एमालेका स्थानीय कार्यकर्ता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .