गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको अधिकारीहरूले जनाएका छ। यस्तै, ५२ हजार ५८६ जना घाइते भएका छन्।
गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन्।
दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलले अक्टोबर ७ देखि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो।
इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २ सय इजरायलीको ज्यान गएको छ। मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिला छन्। -सिन्ह्वा/नान
15
Shares

प्रतिक्रिया