समाज


बसले मोटरसाइकललाई ठक्कर दिँदा १८ र २१ वर्षका युवकको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा १८ र २१ वर्षका युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार ५:१०, काठमाडौँ

नवलपरासी पश्चिममा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना युवकको मृत्यु भएको छ।

शनिबार पाल्हीनन्दन गाउँपालिका– १ झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४ पाचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका– १५ डिगौलका १८ वर्षीय राहुल राजभरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

सडकको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको डीएसपी वीरदत्त पन्तले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो। बसका चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad