समाज


दाङ बस दुर्घटना: ३२ घाइतेमध्ये २ को मृत्यु (घाइतेको नामावलीसहित)

दाङ बस दुर्घटना: ३२ घाइतेमध्ये २ को मृत्यु (घाइतेको नामावलीसहित)

नेपालखबर
जेठ २६, २०८२ सोमबार ५:३५, दाङ

दाङको तुलसीपुरमा आइतबार दिउँसो बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा ना ४ ख ४००९ नम्बरको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका थिए। 

दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस आपसमा ठोक्किँदा एउटा बस दुर्घटनामा परेको हो। बस सडकबाट झण्डै पाँच मिटर तल खसेको थियो। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाँकी १५ को मध्यम र अन्यको अवस्था सामान्य छ। घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। 

दुर्घटनापछि प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ।  

दुर्घटनामा घाइते हुनेमा दङ्गीशरण गाउँपालिका–२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की ६० वर्षकी मोतिसरा सुनार, ३४ वर्षकी सीता पुन, ३२ वर्षकी सीमा पुन, २७ वर्षका कमला नेपाली, उहाँका छोरा  ८ वर्षको शङ्कर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम विक, ४८ वर्षका कुशल विक, २५ वर्षकी ललिता सुनार, ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृतकुमारी रहेका छन्। 

त्यसैगरि ४५  वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्ज्वल परियार, ४४ वर्षकी भीमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यसोदा बस्नेत, ५४ वर्षका सुरामणि विक, ३३ वर्षका रोशन विक, ४१ वर्षका बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ३९ वर्षकी सीता नेपाली, ४१ वर्षका  सूर्य नेपाली, ४८ वर्षका ठाकुरप्रसाद गिरी, २३ वर्षकी सीताकुसारी, २३ वर्षका अनन्त किरण शर्मा र कपुरकोट गाउँपालिकाका–५ रिमकी १९ वर्षका टीका घर्ती पनि घाइते भएका छन्। 

उनीहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad