समाज


काठमाडौँबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना, चालक पक्राउ

काठमाडौँबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना, चालक पक्राउ

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ७:०, बाँके

काठमाडौँबाट धनगढी जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका -८ मगुवामा दुर्घटना परेको छ। 

सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस सोमबार सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा २४ जना सवार बस रुखमा ठोक्किएको हो।

दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्। उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि बसका चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad