समाज


दाङमा सर्प महोत्सवको तयारी

जिल्लामा भेटिएका १५ मध्ये ७ प्रजातिका सर्प विषालु
दाङमा सर्प महोत्सवको तयारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १३:७, दाङ

दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए। 

महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए। 

सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि जानकारी प्रदान गरिने छ।

महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ। मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनल सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए। ‘सर्प संरक्षण अहिलेको आवश्यकता हो,’ उनले भने। 

त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ। 

महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ। दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ। तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad