समाज


बबईमा पौडी खेल्दा २ बालक डुबे, १ को मृत्यु

बबईमा पौडी खेल्दा २ बालक डुबे, १ को मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८१ बुधबार ७:३३, दाङ

दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।  नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो पानीमा डुबेर दाङको दङ्गीशरण निवासी नरेश खड्काका नौ वर्षीय  छोरा पुष्कर खड्काको मृत्यु भएको हो। 

दङ्गीशरण गाउँपालिका–४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए। डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकाका भने सकुशल उद्दार गरिएको छ। 

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए। 

खोजी कार्यपछि करिब ३ः३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad