ad ad

समाज


दाङमा जिप दुर्घटना: १ घाइतेको मृत्यु, २ जनाको अवस्था गम्भीर

दाङमा जिप दुर्घटना: १ घाइतेको मृत्यु, २ जनाको अवस्था गम्भीर

नेपालखबर
साउन २१, २०८१ सोमबार ७:३२, काठमाडौँ

दाङमा आइतबार साँझ भएको जिप दुर्घटनाका घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। 

तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना हुँदा सातजना घाइते भएका थिए। 

घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाका अनुसार घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ। 

घाइते पार्वती केसी र सरीता खड्काको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घनामा त्रिवेणी–३, सल्यानका ४५ वर्षीया ऐश्वर्या केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा वली, ३१ वर्षीया रोजिका वली, त्रिवेणी गाउँपालिका–३, रुकुम पश्चिमकी २५ वर्षीया सरिता खड्का र मध्यनेपाल नगरपालिका–७, लमजुङकी २४ वर्षीया लिला बास्तोला घाइते भएका थिए।

सामान्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप चालक फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .