समाज


दाङमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

दाङमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

नेपालखबर
साउन १५, २०८१ मंगलबार ११:२१, दाङ

दाङको राप्तीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सुदूरपश्चिम प्रदेश ००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका-१ भालुबाङ चोकमा ठक्कर दिँदा स्थानीय ५० वर्षीय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा भट्टराईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिए।

भट्टराईले भालुबाङमा फलफूल व्यवसाय गर्दै आएका थिए। 

घटनापछि मृतकका आफन्त र स्थानीयले दोषीलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

भट्टराईलाई ठक्कर दिने गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad