ad ad

समाज


पाल्पाका तीन विद्यालयमा एक एक लाखको अक्षयकोष स्थापना

पाल्पाका तीन विद्यालयमा एक एक लाखको अक्षयकोष स्थापना

नेपालखबर
असार ५, २०८१ बुधबार १४:९, पाल्पा

विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न एक व्यक्तिले रकम प्रदान गरेका छन्।

रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले तीनवटा विद्यालय एक एक लाखका दरले छात्रवृत्ति रकम प्रदान गरेको हो। 

जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई विद्यार्थीलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको लम्सान परिवारले जानकारी दिए। 

रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा रु एक–एक लाखका दरले अक्षयकोष 

उनले श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई रु एक लाखका चेक हस्तान्तरण गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .