ad ad

समाज


नवलपरासीमा हजुरबा र नाति मृत फेला, कुकुरसहित प्रहरी पुग्यो घटनास्थल

नवलपरासीमा हजुरबा र नाति मृत फेला, कुकुरसहित प्रहरी पुग्यो घटनास्थल

घटनास्थल


नेपालखबर
फागुन १, २०८० मंगलबार १०:२६, काठमाडौँ

नवलपरासीमा हजुरबा र नाति मृत अवस्थामा फेला परेका छन्। 

नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र  उनका ११ वर्षीय नाती गौचरण चमार मृत फेला परेका हुन्।

घरदेखि झण्डै पाँच सय मिटर दक्षिणमा रहेको छाप्रोमा मंगलबार बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

उनीहरुको शव छाप्रो बाहिर १५ मिटरको दुरीमा उत्तानो परेको अवस्थामा फेला परेको नवलपरासीका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

‘घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर थप अनुसन्धान भइरहेको छ,’ एसपी आचार्यले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .