ad ad

समाज


मध्यराति नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते

मध्यराति नेपालगन्जमा कारले ठक्कर दिँदा एक युवक र एक युवतीको मृत्यु, अर्की युवती गम्भीर घाइते

नेपालखबर
पुस १६, २०८० सोमबार ८:१५, काठमाडौँ

बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट एक युवक र एक युवतीको मृत्यु भएको छ। घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्। 

बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहोराका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति करिब १ बजे नेपालगन्जस्थित सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै सुदूरपश्चिम प्रदेशको ०१-००१ च ३४६४ नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो। 

अहिलेसम्म दुर्घटनामा ज्यान गुमाउने करिब २४ वर्षीया आस्था शाहको मात्रै सनाखत भएको छ। उनी नेपालगञ्जकै स्थानीय बासिन्दा हुन्।

‘उनीसँगै दुर्घटनामा ज्यान गुमाउने करिब २६ वर्षीय युवकको अझै सनाखत हुन सकेको छैन,’ एसपी बोहोराले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएकी अर्की करिब २४ वर्षीया साहाना शाहको उपचार भइरहेको छ।’

घाइते युवा युवतीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। घाइते साहना शाहको पनि नेपालगञ्ज मेडिकल कलेजमै उपचार भइरहेको एसपी बोहोराले जानकारी दिए। 

दुर्घटनापछि प्रहरीले ठक्कर दिने स्कारपिओ र त्यसका चालकलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .