समाज


तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते

अर्को मोटरसाइकलका चालक पक्राउ
तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते

नेपालखबर
माघ १४, २०८२ बुधबार १३:५७, झापा

झापामा दुई मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। 

यही माघ ११ गते मेचीनगर नगरपालिका ७ नमूना टोलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा ५४ वर्षीया महिलाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ घर भएकी कल्पना भण्डारी छिन्। दुर्घटनामा उनका पति ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका छन्। 

काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे.९ प ६३९४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०१-०१७ प ४२६५ नम्बरको मोटरसाइकल गएको सोमबार दिउँसो आपसमा ठोकिँदा भण्डारी गम्भीर घाइते भएकी थिइन्। 

उनको उपचारको क्रममा बुधबार बिहान बीएण्डसी अस्पतालमा मृत्यु भएको हो।  भण्डारी आफ्ना पतिले चलाएको ६३९४ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। 

दुर्घटनापछि प्रहरीले ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका ६ बस्ने ४३ वर्षीय युवराज मुखियालाई पक्राउ गरेको छ। 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad