समाज


काठमाडौँबाट गएको बुद्ध एयरको विमान चन्द्रगढीमा दुर्घटना (तस्बिर)

काठमाडौँबाट गएको बुद्ध एयरको विमान चन्द्रगढीमा दुर्घटना (तस्बिर)

सुमन सुस्केरा
पुस १९, २०८२ शनिबार ५:४२, विराटनगर

झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ। 

काठमाडौंँबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ५५ जना बोकेर उडेको बुद्ध एयरको ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान शुक्रबार राति करिब ९:१० बजे अवतरणका क्रममा रनवेबाट बाहिर घाँसे मैदानको खोल्सामा पुगेको हो। 

​जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार काठमाडौँबाट राति ८:२३ बजे उडेको उक्त जहाज चन्द्रगढी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेको पूर्वतर्फ ओभर रन भई करिब तीनसय मिटर अगाडि पुगेर भासिएको छ। 

जहाज भासिएका कारण केही क्षतिग्रस्त भएको उनले जानकारी दिए। ​तर, मानवीय क्षति भने भएको छैन। 

घटनालगत्तै एसपी राजन लिम्बूकै नेतृत्वमा ७० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

‘जहाजमा सवार सबै ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ,’ एसपी लिम्बूले भने, ‘अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, सबै यात्रु सुरक्षित छन्।’

विमान दुर्घटना भए पनि आगो नलागेकाले यात्रु सुरक्षित छन्। विमान दुर्घटनामा परेपछि यात्रुहरु झ्यालढोका फुटाएर बाहिर निस्किएका थिए। 

रातिको समय भएकाले थप प्राविधिक निरीक्षण र जहाजलाई हटाउने प्रक्रियाबारे छलफल भइरहेको छ। 

जहाज रनवेबाट निकै अगाडि पुगेर भासिएकोले विमानस्थलको उडान सेवा र प्राविधिक अवस्थाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

बुद्ध एयर दुर्घटनापछि काठमाडौँ उड्न लागेको यति एयरको जहाजसमेत भद्रपुर विमानस्थलमै रोएिको छ। घटना लगत्तै बुद्ध एयरले सूचना जारी गरेर प्राविधिक टोली चन्द्रगढी पठाउने तयारी गरेको जनाएको छ। 

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad