झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक पुरुषको मृत्यु भएको छ।
गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार ताजपुरिया दम्पती गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा शनिबार माछा मार्न गएका थिए।
विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियालाई करेन्ट लागेको थियो।
आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेपछि पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरी र स्थानीय पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
141
Shares

प्रतिक्रिया