समाज


पिङ खेल्दा घाँटी कसिएर १० वर्षीय बालकको मृत्यु

पिङ खेल्दा घाँटी कसिएर १० वर्षीय बालकको मृत्यु

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ९:६, विराटनगर

झापाको अर्जुनधारा नगरपालिका–११ बाल विकास टोलमा बिहीबार साँझ पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ।

नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदिप सिवा आफ्नै घरको काठको बलोमा साडीको पिङ बनाई खेलिरहेको अवस्थामा साडी घाटिमा बेरिँदा गम्भीर घाइते भएका थिए।  

तत्काल साडी खोलेर उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगेको भए पनि चिकित्सकले मृत घोषणा गरेकाा प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले टोलीले कानुनी प्रक्रिया अघि बढाउँदै शवको पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल भद्रपुर पठाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad