समाज


झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते

झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ९:१३, झापा

झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेचीराजमार्गमा गएराति भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान राति करिब सबा १ बजे आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा भ्यानका चालक ताप्लेजुङ फुङलिङ–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा पनि घाइते भएका छन्।

त्यसैगरि भक्तपुर चाँगुनारायण–१ का १२ वर्षीय सेसेहाङ सुवा, ३४ वर्षीय प्रेम यौङहाङ ३२ वर्षीय टिका लिम्बु, अर्जुनधारा–१० का ४४ वर्षीय विजय लिम्बु, ४४ वर्षीय मनकुमारी लिम्बु, १९ वर्षीय सुविमा लिम्बु, दमक–३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीया रिता धिमाल घाइते भएका प्रहरीले जनाएको छ।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad