समाज


चोरी भएको ४ दिनमै भेटियो मोटरसाइकल, पक्राउ परे २० वर्षका २ युवक

चोरी भएको ४ दिनमै भेटियो मोटरसाइकल, पक्राउ परे २० वर्षका २ युवक

नेपालखबर
भदौ ३, २०८२ मंगलबार ११:४०, विराटनगर

गत साउन ३० गते मोरङबाट चोरी भएको एउटा मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ। 

मोटरसाइकलसँगै दुई युवक पनि पक्राउ परेका प्रहरीले जनाएको छ। 

मोरङको रतुवामाई नगरपालिका- ४ आमबारी निवासी पुष्पमाया खतिवडाको घरमा पार्किङ गरेर राखेको को.३० प ९६७७ नम्बरको मोटरसाइकल गएको साउन ३० गते राति चोरी भएको थियो। 

चोरीको सूचना पाएको प्रहरीले खोजी गर्ने क्रममा भदौ २ गते झापाको भद्रपुर नगरपालिका- ५ मेचीपुलबाट मोटरसाइकल बरामद गरेको हो। 

मोटरसाइकलमा सवार झापाको गौरीगन्ज गाँउपालिका- ५ बस्ने २० वर्षीय रोम भन्ने प्रकाश यादव र झापाकै विर्तामोड नगरपालिका- १ बस्ने २० वर्षीय ओम प्रकाश खड्कालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरू चारेकाे मोटरसाइकल लिएर भारततिर जाँदै गर्दा पक्राउ परेका हुन्। उनीहरूलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ पठाइएको झापा प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad