पहिरोले केचना–कञ्चनजङ्घा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गएराति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।
पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सवारी साधन पनि चल्न सकेका छैनन्। सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवासायीहरू बाध्य भएका छन्।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने क्रम जारी छ। रासस
129
Shares

प्रतिक्रिया